Ad Image

धान उत्पादन हाम्रो सभ्यता, संस्कार र स्वाभिमानको प्रतीक पनि हो: बाबुराम भट्टराई

User Image मेयरसाप डेस्क | १५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/baburam bhattrai.PNG

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सजिलो, सुरक्षित र समुन्नत कृषि प्रणाली निर्माण गर्दै किसानलाई सम्मानित जीवन सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय धान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले “अन्नको भण्डार, कृषि प्रधान हाम्रो देशमा धान उत्पादन केवल जीविकोपार्जनको आधार मात्र होइन, हाम्रो सभ्यता, संस्कार र स्वाभिमानको प्रतीक पनि हो ।”

पसिनाको मोल, माटोको मूल्य र किसानको श्रमको कदर गर्दै, वैज्ञानिक, न्यायसङ्गत र आत्मनिर्भर कृषि नीतिको विकास नै समृद्ध नेपालको आधार बन्नुपर्ने  उनको भनाइ छ ।