Ad Image

प्रथम वडा अध्यक्ष कप: ८ स्वर्ण पदक जित्दै गोलबजार मेन डोजो प्रथम

User Image मुकेशकुमार यादव | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/WhatsApp Image 2025-06-29 at 11.33.59 AM.jpeg

सिराहा । सिराहाको गोलबजार नगरपालिका १० मा जिल्लास्तरीय कराते प्रतियोगिता सम्पन्न भएको छ। गोलबजार नगरपालिका १० ले आयोजना गरेको  ‘प्रथम १० नम्वर वडा अध्यक्ष कप कराते प्रतियोगिता २०८२’ मा गोलबजार मेन कराते डोजो टिम प्रथम भएको छ। 

८ स्वर्ण, ४ रजत र ३ कास्य पदक जित्दै गोलबजार मेन कराते डोजो टिम प्रथम भएको हो। त्यसैगरी, चार स्वर्ण, ५ रजत र एक कास्य पदक जित्दै जम्दह कराते डोजो दोस्रो स्थान हासिल गर्न सफल भएको आयोजकले जनाएको छ। 

चार स्वर्ण, २ रजत र ६ कास्य पदकसहित लहान मेन डोजो तेस्रो भएको कराँते कोच कसम लामाले जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ उत्कृष्ट खेलाडी हिमालयन पब्लिक स्कुलका आदित्य गुर्माछाने मगर भए भने महिलातर्फ लहान मेन डोजोकी रिदिरानी चौधरी उत्कृष्ट खेलाडी बन्न सफल भएको कोच लामाले जनाए।

कर्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका उप सभापति दिलिप लामा र वडन नम्वर १० का अध्यक्ष उपेन्द्र मुखियाले विजेतासहित सहभागी सम्पूर्ण खेलाडीहरुलाई बधाई दिँदै खेलाडीहरुको प्रशंसा गरे। कराते खेलले शारीरिक तन्दुरुस्ती मात्र नभएर अनुशासन र आत्मारक्षामा समेत टेवा पुर्याउने उनीहरुको भनाइ छ ।