राष्ट्रपति पौडेलको सहभागितामा राष्ट्रपति भवनमा रोपाइँ
| २०८२ असार १२ गते १२:०९काठमाडौं । धान दिवसका उपलक्ष्यमा राष्ट्रपति भवनमा रोपाइँ गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेल सहभागी भए।
रोपाइँ आरम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिको आधुनिकीकरण गर्दै यसलाई व्यावसायिक बनाउनुपर्ने बताए। कृषिलगायत सबै किसिमका श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन प्रतीकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताए ।
कृषि पेसामा निर्भर भई कृषिलाई रोजगारीको आधारस्तम्भका रुपमा परिचित गराउन अग्रसर किसानलाई अन्नदाताका रूपमा सम्मान गर्नुपर्ने उनले बताए ।
Facebook Comments