Ad Image

अध्यक्षमाथि समस्या आएको भन्दै झाक्रीले भनिन्–काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन

User Image मेयरसाप डेस्क | १३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/ramkumari.jpg

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेता रामकुमारी झाक्रीले पार्टी  पुनर्गठन गरेर अध्यक्ष बनाउनुपर्ने बताएकी छिन् । शनिबार पार्टीको भ्रातृ संगठन युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै झाक्रीले पार्टीको नेतृत्व फेर्नुपर्ने बताएकी हुन्। 

अर्ली महाधिवेशन गरेर नेतृत्व फेर्नुपर्ने भन्दै उनले काँधमा मरेको सिनो बोकेर हिँड्न नसक्ने समेत बताइन् । ‘पार्टीमा संकट छ। अध्यक्षकै बारेमा संकट आयो। अब के गर्ने? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो। संकट आयो भनेर भाग्ने भनेको होइन। पार्टीलाई पुनर्गठन गरौं। कसरी गर्ने?’ उनले भनिन्,  ‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन।’ 

उनले नयाँ ढंगको प्रस्थानबिन्दु अर्ली महाधिवेशन रहेको भन्दै भनिन् ‘अर्ली महाधिवेशन गरौं।  पुनर्गठन गरेर अध्यक्ष बनाऔं। कहाँ हुन्छ यसरी?’