Ad Image

पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Mohon-basnet.jpg

काठमाडौं । पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री बस्नेत बयानका लागि विशेष अदालतमा उपस्थित भएका हुन् । 

बस्नेतले विशेष अदालतमा उपस्थित हुन पाँउ भनी निवेदन दिएका थिए । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बस्नेतको बयान हुँदैछ । 

उनको बयान सकेसँगै थुनछेक बहस सुरू हुनेछ। बहस सकिएपछि उनलाई पुर्पक्षको लागि थुनामा राख्ने वा धरौटीमा छाड्ने वा जमानतमा राख्ने आदेश इजलासले दिनेछ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले बस्नेतविरूद्ध जेठ १ गते मुद्दा दायर गरेको थियो। उनीसहित १६ जनाको संलग्नता रहेको भन्दै जनही तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो मागदाबी लिएको थियो। 

बस्नेत सञ्चार तथा सूचना प्रविधिमन्त्री भएका बेला उनैको निर्णयबाट टेरामक्स प्रविधि खरिदको निर्णय भएको थियो । उक्त विषयमा भ्रष्टाचार मुद्दा दायर भएलगत्तै उनी सांसद पदबाट निलम्बित भएका थिए ।