संसदीय प्रक्रियामा सहभागी हुन रास्वपा र राप्रपालाई सभामुखको आग्रह

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सहमति र सहकार्यको माध्यमबाट संसदीय प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन् ।
आइतवार प्रमुख पाँच दलका सचेतकहरूको बैठकमा सभामुख घिमिरेले महत्त्वपूर्ण विधेयकमा संसद्का प्रमुख दलहरू छुट्नु राम्रो नहुने बताए ।
सभामुख घिमिरेले सङ्घीय निजामती सेवा विधेयक विद्यालय शिक्षा विधेयकजस्ता सङ्घीयतासँग जोडिएका विधेयकमाथिको छलफलमा सबै सहभागी हुने वातावरण बनाउन पनि दलहरूलाई अनुरोध गरे । निजामति विधेयक, शिक्षा विधेयक जस्ता संघीयतासँग जोडिएका विधेयकमाथिको छलफलमा सबै सहभागी हुने वातावरण बनाउन आवश्यक रहेको पनि सभामुख घिमिरेले बताए ।
पाँच दलका प्रमुख सचेतकहरूसँग सभामुखको बैठक अझै जारी छ । यता एक बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै बस्न सकेको छैन ।