Ad Image

प्रतिनिधि सभाको बैठक सुरु, रास्वपा र राप्रपाको अवरोध कायमै

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pratinidhi.jpg

काठमाडौं। प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि बिरोध गरेका छन् ।

प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध गरेका हुन् । राप्रपाका सांसदहरुले बैठक बहिष्कार गरेर निस्किएका छन् । रास्वपा सांसदहरू वेल अगाडि पुगेर अवरोध गरिरहेका छन् । 

भिजिट भिसा प्रकरणमा संसदीय छानबिन वा उच्चस्तरीय न्यायीक आयोग गठन गर्नुपर्ने आफूहरूको माग यथावत रहेको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले बताए ।