झापामा एक फर्निचर उद्योगमा आग*लागी


बनियानी । झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित एक फर्निचर उद्योगमा गएराति आगलागी भएको छ ।
यहाँस्थित मोतीबहादुर खड्काको एक तले टिनको घरमा सञ्चालित खड्का फर्निचर उद्योगमा विद्युत् चुहावट भई आगलागी हुँदा करिब रू १२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगो बिर्तामोड नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीको सक्रियतामा पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट उद्योगमा रहेको काठ चिर्ने मेसिन र काठपात पूर्णरूपमा जलेर नष्ट भएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।