Ad Image

बैतडीमा चौलानी नदीमा हामफाल्दा एक युवक बेप*त्ता

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bepatta_missing_1RLiJlGr9N.jpg

बैतडी । बैतडीको डिलासैनी गाउँपालिका–३ सिमारका एक युवक चौलानी नदीमा हामफालेर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा २६ वर्षीय महेश राना रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

पारिवारिक स्रोतका अनुसार राना आज बिहान करिब ६ बजेतिर घर नजिकै रहेको चौलानी नदीमा हाम फालेका थिए ।

घटनापछि रानाको खोजी कार्यका लागि प्रहरी टोली नदी क्षेत्रमा परिचालित गरिएको छ ।

रानाले किन नदीमा हामफाले भन्ने विषयमा अझै स्पष्ट हुन नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।