Ad Image

संसदीय समिति सभापतिहरूसँग छलफल गर्दै सभामुख

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/debraj ghimire.jpg

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूसँग छलफल गर्ने भएका छन् ।

सभामुखको सचिवालयका अनुसार सोमबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनको शङ्कर हलमा छलफलका लागि बैठक तय गरिएको छ ।

छलफलको एजेन्डा समितिमा विचाराधीन रहेका विधेयकहरूको अवस्था र प्रक्रियाबारे रहने जनाइएको छ ।

सभामुख घिमिरेले विधेयकको प्रभावकारी कार्यान्वयन र प्रक्रियागत प्रगतिको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन समितिका सभापतिहरूसँग संवाद गर्न लागिएको बुझिएको छ ।