Ad Image

श्रीमतीको ह*त्यापछि फरार रहेका श्रीमान् ३ वर्षपछि पक्राउ

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/zazazazaza.jpg

काठमाडौं । श्रीमतीको हत्या गरेर तीन वर्षदेखि फरार रहेका रौतहटका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको इशनाथ नगरपालिका–४ घिउरा टोलका फैयाद मिया मन्सुरी रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको हो ।

मन्सुरीले २०७८ साल माघ २६ गते आफ्नी २० वर्षीया श्रीमती चाँदनी खातुनको हत्या गरेको आरोप छ । घाँटीमा सल बेरेर र मुखमा सल कोचिएको अवस्थामा चाँदनी मृत फेला परेकी थिइन् । हत्या घटनास्थल इशनाथ नगरपालिका–४ स्थित गहुँको खेतमा भएको थियो ।

घटनापछि फरार रहेका मन्सुरीलाई पक्राउ गरी रौतहट जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।