Ad Image

‘कुलिङ पिरियड’ हेरफेर गम्भीर अपराध हो, छानबिन गर्नुपर्छ : जनार्दन शर्मा

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/janardan sarma.jpg

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संघीय निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा गरिएको हेरफेरलाई अपराधको संज्ञा दिँदै छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

संसद भवन परिसरमा मंगलबार पत्रकारसँग कुरा गर्दै शर्माले समितिबाट पारित भएको प्रतिवेदनभन्दा फरक शब्दहरू विधेयकमा राखिएको संकेत गर्दै यसमा नियतवश हेरफेर गरिएको दाबी गरे । सभापति र सचिवको अस्वीकारलाई अस्वीकार्य भन्दै उनले यो कार्यलाई संसदीय सार्वभौमिकता माथिको हस्तक्षेप भने ।

शर्माले यस घटनाले संसदीय प्रक्रिया र विधेयक निर्माण प्रणालीमै विश्वासको संकट ल्याएको भन्दै छानबिन प्रक्रिया तत्काल अघि बढाइनुपर्ने माग गरे ।

विवादको जड ‘कुलिङ पिरियड’ सम्बन्धी धारा हो, जसमा सुरुमा संवैधानिक, कूटनीतिक वा अन्य नियुक्तिबाहेकको पदमा २ वर्षसम्म पुनः नियुक्ति नपाउने प्रावधान थियो । तर ‘बाहेक’ भन्ने शब्द प्रतिनिधिसभामा पुगेर थपिएको पाइएपछि विवाद चुलिएको हो ।

उनले संसदीय मूल्य, मान्यता र प्रक्रियाविरुद्ध भएको यो कार्यको छानबिन सभामुखको जिम्मेवारी भएको पनि स्मरण गराए ।