Ad Image

कुलिङ पिरियडमा दोषी भए कारबाही भोग्न तयार छु : सभापति खतिवडा

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/000 ramha.jpg

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा भएको ‘कुलिङ पिरियड’ हेरफेर प्रकरणमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दोषी जो भए पनि कारबाहीको दायरामा ल्याइनु पर्ने बताएका छन् ।

मंगलबार सभामुखसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले विधेयकमा ‘बाहेक’ शब्द कसरी थपियो भन्नेबारे स्पष्ट छानबिन हुनुपर्ने बताए । “यो संसदमाथिको ठूलो प्रहार हो,“ उनले भने, “यस्तो ठूलो गल्ती कानून निर्माण प्रक्रियामा हुनै हुँदैन।”

खतिवडाले दोषी स्वयम् आफू भए पनि कारबाही भोग्न तयार रहेको स्पष्ट पारे । “पहिला छानबिन गरौँ, मेरो दोष देखिए म राजीनामा दिन पछि हट्दिनँ,“ उनको भनाइ थियो ।

कानुन र सामान्य प्रशासन मन्त्रालयका अधिकारीलाई समितिको छलफलमा बोलाइएको भए पनि उपस्थित नभएकोमा उनले असन्तोष व्यक्त गरे । खतिवडाले विषयको टुंगो नलागेसम्म समितिको बैठक नबस्ने निर्णय पनि सार्वजनिक गरे ।

छानबिनको माग चुलिंदै गएसँगै खतिवडाले संसदीय प्रक्रियाको विश्वसनीयता जोगाउन पारदर्शी छानबिन अपरिहार्य भएको उल्लेख गरे ।