Ad Image

नेपाल यू–१६ को कीर्तिमानी जित, सेमिफाइनलमा प्रवेश

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/0 nepal.jpg

काठमाडौं । मलेसियामा जारी यू–१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज सम्पन्न खेलमा नेपालले भुटानलाई २९८ रनको विशाल अन्तरले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले रौनक श्रीवास्तवको कीर्तिमानी १६८ रनको मद्दतमा ३५८ रनको विशाल स्कोर खडा गर्यो ।

३५९ रनको लक्ष्य पछ्याउने क्रममा भुटानले ३२.४ ओभरमा जम्मा ६० रन बनायो । नेपालका कप्तान विपिन शर्माले घातक प्रदर्शन गर्दै १० ओभरमा ७ रन खर्चेर ४ विकेट लिए ।

भुटानका केवल दुई ब्याटरले मात्र दोहोरो अंकमा रन जोडे भने ११ औं नम्बरका ब्याटर घाइते भएकाले टोलीको इनिङ ९ विकेटमै समाप्त भएको थियो ।

आजको प्रभावशाली जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भएको छ ।