निरन्तर उकालो लाग्यो सेयर बजार, मंगलबार २८ अंकले बढ्यो नेप्से


काठमाडौं । सेयर बजार लगातार तेस्रो दिन उकालो लागेको छ । मंगलबार नेप्से परिसूचक २८.९१ अंकले बढेर २६६० मा पुगेको छ ।
अघिल्लो दिन ६ अर्ब ३८ करोडको तुलनामा मंगलबार कारोबार ७ अर्ब ३ करोड रुपैयाँमा पुगेको छ । २१७ कम्पनीको मूल्य बढ्दा ३१ कम्पनीको घट्यो ।
लगानी समूह सबैभन्दा बढी २.३८ प्रतिशतले बढ्यो भने बैंकिङ, विकास बैंक, हाइड्रोपावर, बीमा, माइक्रोफाइनान्सलगायत अधिकांश सूचकहरूमा वृद्धि देखियो ।
सामुदायिक लघुवित्त र न्यादी हाइड्रोपावरको मूल्य ९.८७ प्रतिशतले बढ्यो । बरुण हाइड्रोपावर, राप्ती हाइड्रो र सपोर्ट माइक्रोफाइनान्सको मूल्य ८ प्रतिशतभन्दा बढीले उकालो लाग्यो ।
सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, बुटवल पावर, सप्तकोशी विकास बैंक र युनियन हाइड्रोपावर परेका छन् ।