Ad Image

जनकपुरधामका मेयर मनाेज साहका काकाको ह*त्या, आफ्नै ज्वाईँले हानेका थिए च*क्कु

User Image मेयरसाप डेस्क | १९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Hatya.jpg

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहका काका ६५ वर्षीय बासुदेवप्रसाद विमलको हत्या भएको छ । जकपुरधाम–१५ कुवारामपुर बस्ने विमलको उनकै ज्वाईं ४८ वर्षीय बेचन महासेठले आज बिहान पौने १० बजे चक्कु प्रहार गरेर हत्या गरेका हुन् ।

जग्गासम्बन्धी घरायसी विवादको कारण बेचनले ससुरालाई घरमै चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । चक्कु प्रहारबाट गम्भीर घाइते भएका विमललाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याइएको थियो । अस्पताल पुर्याउनासाथ चिकित्सकले विमललाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

बेचन भने फरार अहिले फरार रहेको प्रहरीले जनाएको छ । बेचनको खोजी कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।