Ad Image

एमालेले माग्यो राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिको राजीनामा

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/ramhari khatidawada.PNG

काठमाडौं । नेकपा एमालेले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति  रामहरि खतिवडाको राजीनामा माग गरेको छ । प्रतिनिधि सभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा एमाले सांसद पदम गिरीले निजामति सेवा विधेयकमाथि भएको बदमासीको जिम्मा लिँदै समिति सभापति खतिवडाले राजीनामा गर्नुपर्ने माग गरेका हुन् ।

गिरीले प्रतिवेदनमा अन्तिम हस्ताक्षरकर्ता भएकाले पनि सभापतिले जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने बताए । उनले समितिका सचिव सुरजकुमार दुराको समेत राजीनामा माग गरेका छन् । 

उनले भने, ‘समितिले महिनौं लगाएर छलफल गरेर कुलिङ अफ पिरियड २ वर्षसम्म कायम रहने एक मतले पारित गरेको विषय हो । तर, सभापति र सचिवको हस्क्षातर भएको प्रतिवेदन फरक ढंगले प्रस्तुत गरियो । नेपालको इतिहासमा यो लज्जास्पद र घिनलाग्दो अवस्था हो । यो हदसम्मको जनप्रतिनिधिले काम गर्छन् भन्ने कल्पना गर्न नसकिने अवस्था हो । त्यसैले जिम्मेवारी लिँदै सभापति र सचिवले राजीनामा दिनुपर्छ ।’