Ad Image

रामकुमारी झाक्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/ramkumari.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीकी स्थायी समिति सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । एकीकृत समाजवादी अनुशासन आयोगले स्थायी समिति सदस्य झाक्रीलाई तीन दिने स्पष्टीकरण सोधेको हो। 

गत शनिवार झाँक्रीले पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपाल जोडिएको भन्दै पार्टी पुनर्गठन गर्नुपर्ने बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरू कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।’ 

पतञ्जली जग्गा प्रकरणमा मुछिएका अध्यक्ष नेपाललाई विशेष अदालतले ३५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।