Ad Image

भ्रष्टाचार गरेको ठहर गर्दै सेनाका सहायक रथी खड्का र सेनानी कार्की बर्खास्त

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sena.PNG

काठमाडौं । सैनिक आचरण विपरित कार्य गरेको आरोपमा सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्की बर्खास्त भएका छन् । सैनिक विशेष अदालतले सहायक रथी खड्का र मेजर कार्कीलाई सेवाबाट बर्खास्त गर्ने फैसला सुनाएको हो। 

अदालतले सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै सहायक रथी खड्का र मेजर कार्कीलाई बर्खास्त गरिएको छ । अदालतले २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ ४८ पैसा हिनामिना भएको ठहर गरेको छ । सैनिक अदालतले सेनाको जमदारबाट अवकाश भइसकेका आत्मराम थापा र सेनानीबाट अवकाश भएका लक्ष्मण अधिकारीलाई पनि दोषी ठहर गरेको छ । थापा पुर्पक्षका लागि थुनामा छन् । अधिकारी अमेरिकामा छन्।

सैनिक कल्याणकारी कोषको रकम हिनामिना गरेको आरोपमा सहायक रथी खड्का र मेजर कार्कीलाई सैनिक प्रहरीको हिरासतमा राखेर मुद्दा अगाडि बढाइएको थियो।