Ad Image

पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/dilbhusan.jpg

काठमाडौं। जिल्ला अदालत काठमाडौंले पत्रकार दिलभूषण पाठकलाई धरौटीमा छाड्न आदेश दिएको छ । बिहीवार अदालतमा उपस्थित भएका पाठकलाई न्यायाधीश खेमराज भट्टको इजलासले बयान र थुनछेक बहसपछि २५ हजार धरौटीमा छाड्न आदेश दिएको हो ।

युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले पाठकविरुद्ध १६ असारमा मुद्दा दायर गरेको थियो । उनी आज बिहान आफैँ अदालतमा उपस्थित भएका थिए । 

उनीविरुद्ध साइबर ब्युरो ५९ नाममा परेको जाहेरीका आधारमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको  कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको माग दाबी गरिएको छ ।