सुदूरपश्चिम सरकारबाट नागरिक उन्मुक्ति पार्टीको समर्थन फिर्ता


कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
आज (बिहीबार) दिउँसो १२ बजे बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता गर्ने निर्णय गरेको हो ।
प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले पार्टीको केन्द्रीय निर्णय अनुसार सरकारलाई दिइएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको जानकारी दिए ।
यो निर्णयसँगै सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा नयाँ मोड आउन सक्ने अनुमान गरिएको छ ।