Ad Image

एसपीसँग अपशब्द बोल्ने जसपाका नेता फरार, भारततर्फ भागेको आशंका

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/jasapa neta yadab.jpg

वीरगन्ज । सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमा गालीगलौज गरेका जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश अध्यक्ष अशोक कुमार यादव फरार भएका छन् ।

मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार सार्वजनिक सेवा अवरुद्ध र उपद्रवको अभियोगमा अदालतले पक्राउ पुर्जी जारी गरेपछि यादवको खोजी तीव्र पारिएको छ ।

प्रहरी स्रोतका अनुसार यादव भारततर्फ भागिसकेको आशंका छ । उनलाई पक्राउ गर्न विशेष प्रहरी टोली परिचालन गरिएको छ । गत बिहीबार यादव र एसपी खड्काबीचको अपशब्दपूर्ण अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।