छैटौं दिन पनि सेयर बजारमा हरियाली, २ अंकले बढ्यो नेप्से


काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा झिनो वृद्धि देखिएको छ। लगातार छैटौं दिन बजार हरियै रहँदा नेप्से परिसूचक २.४० अंकले उकालो लागेर २७०६ मा पुगेको छ ।
आज कारोबार रकम भने केही घटेको छ। अघिल्लो दिनको ९ अर्ब ६४ करोडको तुलनामा आइतबार ९ अर्ब ५० करोड रुपैयाँको कारोबार भएको छ ।
उल्लेखनीय रूपमा अन्य समूह ३.०६ प्रतिशतले उकालो लाग्यो, जसमा हिमालयन रि र नेपाल रिको सेयर मूल्य उच्च दरले बढ्नु प्रमुख कारण रह्यो । फाइनान्स समूह २.४९ प्रतिशतले बढ्दा बैंकिङ, लगानी, उत्पादन, र व्यापार समूहमा समेत सकारात्मक सुधार देखियो ।
तर विकास बैंक, हाइड्रोपावर, जीवन बीमा, होटल तथा पर्यटन, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहमा ओरालो लागेको छ ।
नेपाल फाइनान्सको मूल्य १० प्रतिशतले बढेर सबैभन्दा बढी लाभ कमाउने कम्पनी बन्यो । त्यस्तै गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, राप्ती हाइड्रो, अपर हेवाखोला हाइड्रो र जानकी फाइनान्सको मूल्य पनि उल्लेखनीय रूपमा बढ्यो ।
अर्कोतर्फ ग्रिन डेभलपमेन्ट बैंक ८.५८ प्रतिशतले घट्दा सिन्धु विकास र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले पनि घाटा व्यहोरे ।
धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, लक्ष्मी सनराइज बैंक संस्थापक, हिमालयन रिइन्स्योरेन्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर अग्रपंक्तिमा छन् ।