Ad Image

अविरल वर्षाले बर्दघाटमा डुबान, बस्ती र सडक जलमग्न

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/duwan-2-700.jpg

नवलपरासी । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–१० र ११ का अधिकांश बस्ती डुबानमा परेका छन् । ध्रुव टोल, लण्डन ब्रिज, भुताहा, पानीट्यांकी, बेलटाँडी, मौराहा टाँडी लगायतका क्षेत्र जलमग्न भएका हुन् ।

बाढीले घरभित्र पानी पसेपछि खाद्यान्न, लत्ता–कपडा, पशुपंक्षी, पसल र गोदाममा व्यापक क्षति भएको वडा सदस्य ऋषि पराजुलीले जानकारी दिए । तीन फिटसम्म पानी जमेका सडक र डुबानमा परेका खेतले धानबालीमा असर पुर्याएको छ ।

स्थानीय खोलानाला थुनिनु, पुराना कुला पुरिनु र पूर्व–पश्चिम राजमार्गको सतह उँचो हुँदा पानीको निकास बन्द भई बस्तीमा बाढी पस्न पुगेको पराजुलीको भनाइ छ । पानी मत्थर भए पनि डुबानको असर अझै कायमै छ ।