Ad Image

भक्तपुरको मल्लकालीन बस्तीका बासिन्दालाई सयौँ वर्षपछि लालपुर्जा वितरण

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/lalpurja-1657593912.jpg

भक्तपुर । भक्तपुरको चित्रपुरस्थित मल्लकालीन बस्तीका ९८ जना बासिन्दाले सयौँ वर्षदेखि उपभोग गर्दै आएको जग्गाको लालपुर्जा पाएका छन् ।

नापी कार्यालय भक्तपुरले सूर्यविनायक नगरपालिका–४ दधिकोट चित्रपुरका लालपुर्जाविहीन बासिन्दालाई आज एक कार्यक्रमबीच जग्गाको स्वामित्व हस्तान्तरण गरेको हो ।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले लालपुर्जा वितरण गरेका थिए । यस अवसरमा नापी कार्यालयका प्रमुख डा. प्रदीप सापकोटा र भूमि आयोग भक्तपुरका अध्यक्ष दीपक बिसुङ्केले पनि पुर्जा वितरणमा सहयोग गरेका नगर कार्यालयले जनाएको  छ ।

नगरप्रवक्ता तथा वडा नं ७ का वडाध्यक्ष रविन्द्र सापकोटाका अनुसार लामो समयदेखि जग्गा प्रयोग गर्दै आएका तर आफ्नो नाममा दर्ता नभएका बासिन्दाले लालपुर्जा पाएसँगै उनीहरूको अनुहारमा खुसी देखिएको छ ।

आफ्नो स्वामित्वमा जग्गा नहुँदा सरकारी जफतको डर र बैंकबाट ऋण लिन नसक्ने समस्या अब समाधान भएको सापकोटाले बताए । नगरपालिकाको निरन्तर प्रयासपछि यो सफलता मिलेको उनको भनाइ छ ।