Ad Image

प्रधानमन्त्री उद्धार कोषमा ३ महिनाको तलब दिने सांसद तामाङको घोषणा

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/purna-bahadur-tamang-kancharam_LdzXuRH44x.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले रसुवागढीमा हालै आएको बाढीले पुर्याएको क्षतिको पुनर्निर्माण र राहतका लागि आफ्नो तीन महिनाको तलब सुविधा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद तामाङले मंगलबार रसुवागढीमा आएको बाढीका प्रभावितहरूलाई सहयोग पुर्याउनका लागि प्रधानमन्त्री कार्यालयलाई कोषमा तलब जम्मा गर्नेबारे पत्र पठाइसकेको जानकारी दिए ।