Ad Image

राप्रपामा जिम्मेवारी हेरफेर: कार्कीलाई अनुशासन समितिको जिम्मेवारी, लावती पदमुक्त

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/aaaaaa5d.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुई जना नेताको जिम्मेवारी हेरफेर गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार पार्टीको विधानबमोजिम वरिष्ठ उपाध्यक्ष रोशन कार्कीलाई केन्द्रीय अनुशासन समितिको अध्यक्ष पदमा मनोनीत गरेका छन् ।

यसअघि अनुशासन समितिको अध्यक्षमा नवराज सुवेदी थिए । उनले राप्रपा परित्याग गर्दै राजसंस्था पुनस्र्थापनाको लागि संयुक्त जनआन्दोलनको नेतृत्व गर्न गएपछि उक्त पद खाली थियो । सुवेदीले औपचारिक राजीनामा नबुझाए पनि पत्रकार सम्मेलनमार्फत आफू पार्टीबाट अलग भएको घोषणा गरेका थिए ।

त्यसैगरी, अध्यक्ष लिङ्देनले सगुनसुन्दर लावतीलाई प्रवक्ता पदबाट पदमुक्त गरेका छन् । पार्टीका प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहन कुमार श्रेष्ठले लावतीले निरन्तर पार्टीको हित विपरीतका क्रियाकलापहरू गर्दै आएको आरोप लगाए ।