संसद भवनमा ड्रोन कहाँबाट र किन आयो ?


काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संघीय संसद भवन परिसरमा ड्रोन खसेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले असार २३ गते राति ९ देखि ९ः३० बजेको समयमा संसद भवनको बायाँपट्टि एउटा ठूलो ड्रोन खसेको जानकारी प्राप्त भएको बताए । उनले उक्त ड्रोन कहाँबाट र किन आयो? संसदले यसबारे जानकारी पाए\नपाएको विषयमा प्रश्न उठाएका छन् ।
खतिवडाले अहिले अन्तर्राष्ट्रिय रूपमा ड्रोनको प्रयोगबाट विभिन्न सूचना संकलन र आतंककारी गतिविधि समेत भइरहेको अवस्थामा संसद भवन जस्तो संवेदनशील क्षेत्रमा ड्रोन खस्नु गम्भीर विषय भएको बताएका छन् ।