Ad Image

म्याग्दीमा ६ करोड लागतमा अस्पतालको भवन निर्माण

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Aaula Hospital Building 1.jpg

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, हिस्तान औलामा ६ करोड रुपैयाँ लागतमा पाँच श्ययाको अस्पतालको भवन निर्माण सम्पन्न भएको छ । सघन सहरी विकास तथा भवन आयोजनाले निर्माण गरेको यो भवनले स्थानीय स्वास्थ्य सेवामा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

वडाध्यक्ष मइलन पुनका अनुसार औलामा रहेको पुरानो स्वास्थ्यचौकी भवन पहिरोको जोखिममा परेपछि नयाँ भवन बनाइएको हो । नयाँ भवनबाट चाँडै स्वास्थ्य सेवा प्रवाह गर्ने तयारी भइरहेको छ ।

यस भवनमा कर्मचारी र स्वास्थ्यकर्मीका लागि आवासको समेत व्यवस्था गरिएको छ । भवन निर्माणका लागि हर्कबहादुर गरबुजा लगायत पाँच जना स्थानीयले पाँच रोपनी जग्गा दान गरेका थिए ।