Ad Image

अन्धविश्वासका कारण छाउगोठमा सुत्न गएकी कमलाको सर्पले डस्दा गयो ज्या*न

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Kamala-auji.jpg

काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ‘छाउगोठ’मा सुतेकी युवतीको सर्पले डसेर मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णपुर नगरपालिका वडा नम्बर १ निगालीकी २८ वर्षीय कमला आउजी रहेकी छन् ।

उनको महिनावारीको समयमा छाउपडी गोठमा सुतिरहेको अवस्थामा शनिबार मृत्यु भएको हो ।  छाउगोठमा सुतिरहेकी कमलालाई २८ गते राति करिब १२ः३० बजे सर्पले टोकेको हो ।  सर्पले बायाँ गालामा टोकेपछि उनी गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा शनिवार साँझ ८ बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।  

 पक्की घर छँदाछँदै उनी घरनजिकैको जीर्ण र सानो छाउगोठमा सुतेकी थिइन्। सुदूरपश्चिममा छाउ गोठ भत्काउने र छाउपडी कुप्रथाविरुद्ध अभियान चलिरहे पनि अझै महिनावारी भएका बेला छाउगोठमा सुत्ने परम्पराको अन्त्य भएको छैन । रजस्वला भएका बेला घरमै बस्दा देउता रिसाउँछ भन्ने अन्धविश्वास छ।