Ad Image

‘केही नेपाल ऐन संशोधन विधेयक’ प्रतिनिधिसभाबाट स्वीकृत

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/RatnaShrestha_KTM_RSS_29_RATL9778(2).JPG

काठमाडौं । ’केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको उक्त प्रस्तावमा सांसदहरू राजेन्द्र बजगाईँ, राजेन्द्रकुमार केसी, महेशकुमार बर्तौला, रञ्जुकुमारी झा, रामकृष्ण यादव, पूर्णबहादुर घर्ती, विमला सुवेदी र प्रेम सुवालले छलफलमा भाग लिएका थिए ।

मन्त्री चौरसियाले विधेयकमा गरिएको व्यवस्थाबाट प्रचलित कानुनमा रहेका प्राविधिक त्रुटिहरू सुध्रिने र नेपालको दिगो तथा सन्तुलित विकास, सुशासनको प्रत्याभूति, वातावरण संरक्षण तथा नागरिकमैत्री शासन कायम गर्ने राज्यको उद्देश्य पूरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि सोमबार दिउँसो १ बजे बस्नेछ ।