Ad Image

अबदेखि सरकारी भुक्तानी अनिवार्य विद्युतीय प्रणालीबाट हुने

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/aartha.jpg

काठमाडौं । सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीबाट गर्नुपर्ने भएको छ ।

अर्थ मन्त्रालयले आइतबार सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, संस्थान, बोर्ड र समितिहरूलाई परिपत्र जारी गर्दै आगामी आर्थिक वर्ष २०८२\८३ को सुरु अर्थात साउन १ गतेदेखि नै यो व्यवस्था लागू गर्न निर्देशन दिएको छ ।

आर्थिक वर्ष २०८२\८३ को बजेट वक्तव्यको बुँदा नम्बर ३३५ मा सबै प्रकारको भुक्तानी अनिवार्य विद्युतीय प्रणालीमार्फत गर्ने उल्लेख भएअनुसार नै यो परिपत्र जारी गरिएको मन्त्रालयले जनाएको छ ।

यो व्यवस्था लागू भएपछि सरकारी र सार्वजनिक निकायबाट हुने नगद तथा चेकमार्फत गरिने भुक्तानी पूर्ण रूपमा रोकिनेछ ।