Ad Image

साफ यू–२० महिला च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँग पराजित

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/nepal fotball women.jpg

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग ३–२ गोलअन्तरले पराजित भएको छ ।

बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा भएको खेलमा घरेलु टोलीले जित दर्ता गराएको हो । खेलको पहिलो हाफमा बङ्गलादेशले २–० को अग्रता लिएको थियो। सिना जहान शिखाले १३औँ मिनेटमा र सागोरिकाले ३६औँ मिनेटमा गोल गरेका थिए ।

दोस्रो हाफको सुरुवातमै नेपालकी सिम्रन राई र बङ्गलादेशकी सागोरिकाले रातो कार्ड पाएपछि दुवै टोली १०–१० खेलाडीमा सीमित भएका थिए । नेपालले पाएको पेनाल्टीमार्फत अनिशा राईले गोल गर्दै खेल २–१ मा ल्याइन् ।

खेल सकिन पाँच मिनेट बाँकी रहँदा मीना देउवाले गोल गरेर नेपाललाई २–२ को बराबरीमा पुर्याएकी थिइन् । तर, बङ्गलादेशले अतिरिक्त समयमा तृष्णारानी सरकारको निर्णायक गोल मार्फत ३–२ को जित सुनिश्चित गर्यो ।

यो जितसँगै बङ्गलादेशले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । यसअघि उसले श्रीलङ्कालाई ९–१ ले हराएको थियो। यता, नेपालको भने यो पहिलो हार हो । नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ६–१ गोलअन्तरले पराजित गरेको थियो ।