Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच?

User Image मेयरसाप डेस्क | २०८२ असार २९ गते ११:४०
Image of https://mayorsap.com/storage/photos/10/gold.jpg1600838423.jpg

काठमाडौं । आज बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला रु. १,३०० र चाँदी प्रतितोला रु. १५ ले घटेको हो ।

नयाँ मूल्य अनुसार, छापावाल सुनको मूल्य रु. १ लाख ९२ हजार प्रतितोला कायम भएको छ भने चाँदीको मूल्य रु. २ हजार २६० प्रतितोला रहेको छ ।

मंगलबार छापावाल सुनको मूल्य रु. १ लाख ९३ हजार ३०० र चाँदीको मूल्य रु. २ हजार २७५ थियो ।


Facebook Comments