घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच?


काठमाडौं । आज बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला रु. १,३०० र चाँदी प्रतितोला रु. १५ ले घटेको हो ।
नयाँ मूल्य अनुसार, छापावाल सुनको मूल्य रु. १ लाख ९२ हजार प्रतितोला कायम भएको छ भने चाँदीको मूल्य रु. २ हजार २६० प्रतितोला रहेको छ ।
मंगलबार छापावाल सुनको मूल्य रु. १ लाख ९३ हजार ३०० र चाँदीको मूल्य रु. २ हजार २७५ थियो ।