साउनमा घट्यो बैंकको ब्याजदर, प्रभु बैंक अग्रस्थानमा

User Image मेयरसाप डेस्क | २०८२ असार ३२ गते ११:५९
Image of https://mayorsap.com/storage/photos/10/banks.jpg

काठमाडौं । साउन महिनाका लागि वाणिज्य बैंकहरूको औसत ब्याजदर घटेको छ । व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर असारको ५.९०२% बाट घटेर ५.६९७५% मा झरेको छ ।

धेरैजसो बैंकहरूले ब्याजदर घटाएका छन्, जसमा प्रभु बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, र एनआईसी एसिया बैंक प्रमुख छन् ।

प्रभु बैंकले सर्वाधिक १.८५% ब्याजदर घटाएको छ, जसले गर्दा असारको ६.१% बाट साउनमा ४.२५% मा झरेको छ ।

यद्यपि, स्ट्याण्डर्ड चार्टर्ड बैंक र हिमालयन बैंकले भने ब्याजदर बढाएका छन् । ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, र सिद्धार्थ बैंकले भने ब्याजदर स्थिर राखेका छन् ।


Facebook Comments