विधान मस्यौदामाथि छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै


काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ २० देखि २२ गतेसम्म आयोजना गरिने विधान महाधिवेशनको प्रारम्भिक तयारीका विषयमा छलफल गर्नका लागि बैठक बस्न लागेको हो ।
सो बैठकमा विधान मस्यौदामाथि प्रारम्भिक छलफल हुनेछ। प्रमुख नेतृत्वमा ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालको व्यवस्था राख्ने वा हटाउने भन्नेबारे पार्टीभित्र फरक फरक मत प्रकट भइरहेको बेला सचिवालय बैठक बस्न लागेको हो ।