Ad Image

रामेछापमा महिलामाथि खु*कुरी प्र*हार, आक्रमणकारी पक्राउ

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/1725527870_murder.jpg

काठमाडौं । रामेछापको उमाकुण्ड गाउँपालिका–६, गुप्तेश्वरमा ३२ वर्षीय रजिन सुनुवारले २७ वर्षीया एलिसा सुनुवारमाथि खुकुरी प्रहार गरेका छन् । बुधबार साँझ भएको यस घटनामा एलिसा गम्भीर घाइते भएकी छिन् ।

एलिसाको ढाडमा खुकुरी प्रहार भएको र उनको अवस्था नाजुक रहेको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिएका छन् । सडकको अवस्था राम्रो नभएका कारण उनलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत थप उपचारका लागि केएमसी अस्पताल, काठमाडौं पठाइएको छ ।

खुकुरी प्रहारपछि फरार रहेका रजिन सुनुवारलाई भने उमाकुण्डकै भुजी भन्ने ठाउँबाट तत्कालै पक्राउ गरिएको छ । घटनाको कारणबारे भने अहिले खुल्न सकेको छैन । रामेछापका प्रहरी प्रमुख भोला भट्टले आक्रमणकारीलाई जिल्ला ल्याइएको र थप अनुसन्धान भइरहेको बताएका छन् ।