प्रचण्ड र शेखर कोइरालाबीच भेटवार्ता, के–के भयो कुराकानी?


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच बिहीबार दिउँसो भेटवार्ता भएको छ ।
कोइराला प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका थिए । स्रोतका अनुसार उनीहरूबीच पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे विस्तृत छलफल भएको छ ।
झण्डै २ घण्टा लामो वार्तामा प्रधानमन्त्रीदेखि मन्त्रीसम्म जोडिएका पछिल्ला काण्डहरूबारे पनि कुराकानी भएको स्रोतले जनाएको छ ।
शेखर पछिल्लो समय एमालेसँगको सहकार्यप्रति सन्तुष्ट छैनन् । उनले प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति चर्को असन्तुष्टि व्यक्त गरिरहेको बेलामा खुमलटार पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।