Ad Image

दक्षिण सिरियामा हिंसामा ५ सयभन्दा बढीको मृ*त्यु

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Untitled Project020202.jpg

एजेन्सी । दक्षिणी सिरियाको स्वेइदा प्रान्तमा केही दिनदेखि जारी झडपमा परी ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको एक युद्ध अनुगमनकारी सिरियाली संस्थाले बिहीबार जानकारी दिएको छ ।

‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले सिरियाली सुरक्षाकर्मीलाई स्वेइदामा तैनाथ गरिएपछि सरकारी सेना र स्थानीय ड्रुज समुदायबीच भएको भीडन्तमा ८९ ड्रुज लडाकू र १५४ जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।

यस झडपमा २४३ जना सरकारी कर्मचारी र १८ जना बेडुइन लडाकुको पनि मृत्यु भएको थियो । 

इजरायली हवाई आक्रमणमा १५ जना सरकारी कर्मचारीसहित बेडुइन जनजातिको अधिकारका लागि लडिरहेको एक समूहका तीन जना वरिष्ठ सदस्यको पनि मृत्यु भएको थियो ।