Ad Image

पूर्वराष्ट्रपति भण्डारी र शेखरबीच भेटवार्ता, के–के भयो कुराकानी?

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sekhar-bidhya.jpg

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच शुक्रबार बिहान भेटवार्ता भएको छ ।

भण्डारीको बुढानीलकण्ठस्थित निवासमा भएको करिब एक घण्टाको भेटमा समसामयिक राजनीति र सुशासनका विषयमा छलफल भएको थियो ।

भेटका क्रममा कोइरालाले आफूले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा आवाज उठाउँदै आएको जानकारी गराउँदै पूर्वराष्ट्रपति भण्डारीलाई त्यसमा साथ दिन आग्रह गरे । उनले वर्तमान सरकारले भ्रष्टाचार न्यूनीकरण गर्न नसकेको गुनासो पनि राखे ।

प्रत्युत्तरमा पूर्वराष्ट्रपति भण्डारीले सुशासनको पक्षमा हुने प्रयासमा आफ्नो साथ रहने बताइन् । उनले आफू अब सक्रिय राजनीतिमा आउन लागेको संकेत गर्दै नेता कोइरालासँग साथ र समर्थन मागेको स्रोतले जनाएको छ ।

कोइरालाले भण्डारीलाई राजनीतिमा फर्कनु सकारात्मक रहेको प्रतिक्रिया दिँदै बेथिति, भ्रष्टाचार र कुशासनविरुद्ध मुखरित हुन सुझाव दिएका थिए ।