अन्ततः प्रधानमन्त्री ओली भारत भ्रमणमा जाँदै, सीमा विवाद मुख्य एजेन्डा


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ गते हुने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुने यो दुई दिने भ्रमण अहिलेसम्मकै छोटो भारत भ्रमण हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । नेपाली प्रतिनिधिमण्डल भदौ ३१ मा नयाँ दिल्ली प्रस्थान गरी असोज १ गते काठमाडौं फर्किनेछ ।
आज बीडब्लुजीको तयारी बैठक बस्दैछ । गत चैतको बिमस्टेक बैठकका क्रममा थाइल्यान्डको राजधानी बैंककमा भएको ओली–मोदी एक्लाएक्लै भेटवार्ता सौहार्दपूर्ण नभएको र त्यहाँ नेपाल–भारत सीमा तथा चुच्चे नक्साको प्रसंग उठेको थियो । यसैकारण, ओलीको आसन्न दिल्ली भ्रमणमा यो विषयले प्राथमिकता पाउनेछ ।
नेपालले संविधान संशोधन गरी लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा सार्वजनिक गरेपछि भारत ओलीसँग असन्तुष्ट छ । ओली प्रधानमन्त्री छँदा उनकै अग्रसरतामा सबै दलहरूको सहमतिमा संविधान संशोधन भएको थियो ।