Ad Image

डिशहोम र ल्यानिज हबबीच सहकार्य : हाई फ्युचर ग्याजेटमा ५० प्रतिशत छुट

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/disssss.png

काठमाडौं । डिशहोमले आफ्ना ग्राहकहरूलाई प्रविधिमैत्री जीवनशैलीमा जोड्ने उद्देश्यका साथ ल्यानिज हब सँग सहकार्य गरी हाई फ्युचर ब्रान्डका उत्पादनहरूमा ५० प्रतिशतसम्मको भारी छुट ल्याएको छ ।

यस योजना अन्तर्गत, ग्राहकहरूले डिशहोम इन्टरनेट वा टिभी सेवा ३, ६, १२ वा २४ महिनाका लागि सब्स्क्राइब वा रिचार्ज गर्दा अर्धमूल्यमा स्मार्ट ग्याजेटहरू खरिद गर्न सक्नेछन् ।

यस योजनामा सोनिक एयर एयरबड एक हजार ७ सय ४९, जोन २ स्मार्टवाच दुई हजार ७ सय ४९ र भोकल स्पिकर चार हजार ४ सय ९९ मा उपलब्ध छन् । डिशहोमले ग्राहकको दैनिक जीवनशैलीलाई स्मार्ट बनाउन प्रिमियम एक्सेसोरीहरू पनि ल्याउँदै आएको छ ।

डिशहोमका अनुसार, यो सहकार्यले नेपाली ग्राहकहरूलाई विश्वस्तरीय हाई फ्युचर उत्पादनहरू किफायती मूल्यमा उपलब्ध गराउनेछ र डिजिटल जीवनशैलीलाई आत्मसात गर्ने अवसर प्रदान गर्नेछ ।

आजैदेखि लागू भएको यो अफर नयाँ तथा पुराना दुवै ग्राहकहरूका लागि उपलब्ध छ । इच्छुक ग्राहकहरूले डिशहोमको वेबसाइटमार्फत यी उत्पादनहरू खरिद गर्न सक्नेछन् ।