Ad Image

सत्ताको लोभ त्यागे कांग्रेस बलियो बन्छ : महामन्त्री थापा

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/SanadAdhikari_ChitwanNarayangadh_RSS_06_IMG_8596.JPG

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनमा गठबन्धन गर्न नहुने विषय महासमितिबाट पारित गरेको बताएका छन् । 

नेपाली  कांग्रेस चितवनले ४३औँ बिपी स्मृति दिवसको सन्दर्भमा आयोजना गरेको बिपी विचार र पार्टीमा रुपान्तरणको अभियान विषयक विचार गोष्ठीमा उनले सो कुरा बताएका हुन् ।

१५औँ महाधिवेशनमा जसले नेतृत्व गरे पनि अब रुखमाबाहेक अन्यत्र भोट हाल्नुपर्ने अवस्था नआउने उनी बताउँछन् । उनले भने, “गठबन्धन नगरे सरकारमा पुगिन्न की भन्ने डरले, अर्को मिलेर सरकारमा गइदेला भन्ने डरले, सरकार र सत्ता भन्ने कुराको डर र लोभले गर्दा गठबन्धन भएको हो । यसबाट बाहिर निस्कँदा पार्टी बन्छ ।”

कुनै नेता तथा कार्यकर्ताले सिद्धान्तसँग सम्झौता गर्न सक्दिन भनेर आफूलाई प्रस्तुत गर्न सक्यो भने लाभ नपाए पनि पार्टी बलियो बन्ने उनको भनाइ थियो । उनी भन्छन्, “सत्ता छोड्नुपर्ने डर, सत्ता लिप्साबाट हामी बाहिर निस्कनुपर्छ ।”