Ad Image

राप्रपालाई निर्वाचन आयोगले माग्यो पदमुक्त गरेका नेताहरूबारे स्पष्टीकरण

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/raparpa.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद गहिरिएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पदमुक्त गरेका नेताहरूको विषयमा स्पष्ट पार्न निर्वाचन आयोगले राप्रपालाई पत्र लेखेको छ ।

लिङ्देनले अनुशासन समितिका संयोजकको ठाउँमा रोशन कार्कीलाई नियुक्त गरेपछि, सुवेदीलाई पदमा यथावत् राख्नुपर्ने माग राख्दै विज्ञप्ति निकाल्ने उपाध्यक्ष मुकुन्दश्याम गिरी र प्रवक्ता सगुन लावती लाई पनि पदमुक्त गरेका थिए ।

अध्यक्ष लिङ्देनको यो निर्णयविरुद्ध असन्तुष्ट पक्षले असार २९ गते निर्वाचन आयोगमा निवेदन दिएका थिए । सोही निवेदनको आधारमा आयोगले राप्रपासँग जानकारी मागेको राप्रपाका कोषाध्यक्ष निलकण्ठ काफ्लेले पुष्टि गरे ।