Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

घुस अडियो प्रकरणमा रञ्जिता श्रेष्ठमाथि अख्तियारले लियाे बयान

User Image मेयरसाप डेस्क | २०८२ साउन ४ गते १३:२६
Image of https://mayorsap.com/storage/photos/10/ranjita-sth.jpg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग बयान लिन सुरु गरेको छ ।

मालपोत कार्यालय कास्कीका प्रमुखको थमौती र सरुवाको विषयमा सार्वजनिक भएको घुस अडियोको छानबिनका क्रममा उनको संलग्नता भेटिएपछि अख्तियारले उनलाई बयानका लागि झिकाएको हो ।

अख्तियार स्रोतका अनुसार, बिहान १० बजेदेखि श्रेष्ठसँग सोधपुछ सुरु भएको छ । निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस अडियो रेकर्ड गर्ने व्यक्तिको फोन ट्र्याकिङ गर्दा अख्तियारको अनुसन्धान टोलीले केही शंकास्पद कल र म्यासेजहरू फेला पारेको थियो ।

‘त्यही सिलसिलामा हेर्दा तत्कालीन मन्त्री रञ्जिताले उनीसँग समेत रकम मागेको भेटियो,’ अख्तियार स्रोतले भन्यो, ‘उनी मात्रै होइन, उनको पीएसओको मोबाइलबाट समेत लेनदेन सम्बन्धी शंकास्पद म्यासेज आदानप्रदान भएको भेटिएपछि बोलाइएको हो।’


Facebook Comments