Ad Image

अवकाशको मुखैमा नायब महान्यायाधिवक्ता घिमिरेले दिए राजीनामा

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/tek ghimire.jpg

काठमाडौं । नायब महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले अनिवार्य अवकाश पाउनुभन्दा तीन दिन अगाडि नै पदबाट राजीनामा दिएका छन् । उनले साउन २ गतेबाट लागू हुने गरी दिएको स्वैच्छिक अवकाश साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दा घिमिरेको स्वैच्छिक अवकाश स्वीकृत भएको जानकारी दिएका हुन् ।

स्रोतका अनुसार, घिमिरे साउन ५ गतेबाट अनिवार्य अवकाशमा जाँदै थिए । अनिवार्य अवकाशमा जानुभन्दा केही दिन अगाडि राजीनामा दिएमा केही सुविधा पाइने भएकाले उनले राजीनामा दिएको हुन सक्ने अनुमान गरिएको छ ।