संसद्मा प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगन, प्रश्नोत्तर यथावत्


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज सङ्घीय संसद्को प्रतिनिधिसभामा हुने भनिएको सम्बोधन रोकिएको छ ।
एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाका अनुसार आज प्रतिनिधिसभाको बैठकलाई हुने भनिएको विशेष सम्बोधन अर्को दिनलाई सरेको छ ।
कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर भने यथावत् रहेको सचेतक बर्तौलाले जानकारी दिए ।