रास्वपाको इटहरी नगर अधिवेशन रोक्न अल्पकालीन आदेश


काठमाडौं । उच्च अदालत विराटनगरले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको इटहरी नगर अधिवेशन रोक्न अल्पकालीन आदेश जारी गरेको छ । न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको इजलासले साउन १० गतेका लागि तय भएको अधिवेशन स्थगित गर्न बुधबार यो आदेश दिएको हो ।
इटहरी उपमहानगरपालिकाका रास्वपा सभापतिबाट निलम्बन गरिएका विष्णुबहादुर बस्नेतले अधिवेशन रोक्नुपर्ने माग गर्दै रिट दायर गरेका थिए । उनले जीवनकुमार श्रेष्ठलाई विपक्षी बनाएका थिए, जो जिल्ला सभापति हुँदा केन्द्रीय अनुशासन समितिबाट निलम्बनमा परेका थिए ।
असन्तुष्ट नेताहरूले नगर सभापति निलम्बनमा रहेका बेला अधिवेशन गर्नु लोकतान्त्रिक पद्धतिअनुसार नहुने तर्क गरेका थिए । अदालतले अब साउन १२ गते दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको छ ।