Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

लोकतन्त्र बलियो बनाउन विद्या भण्डारीलाई राजनीतिमा स्वागत गरेनौं : शंकर पोखरेल

User Image मेयरसाप डेस्क | २०८२ साउन ५ गते १७:०७
Image of https://mayorsap.com/storage/photos/10/shankar_4fwZLe9KyW.jpg

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा स्वागत नगर्नुको कारण लोकतन्त्रलाई बलियो बनाउनु भएको स्पष्ट पारेका छन् ।

बुधबार एमाले प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले भण्डारी एमालेमा आउँदा पार्टी बलियो हुने भए पनि लोकतन्त्र कमजोर हुने बताए ।

“विद्या भण्डारी एमालेको राजनीतिमा आउँदा पार्टीलाई फाइदा नै हुन्छ। उहाँको व्यक्तित्वले एमाले बलियो नै हुन्थ्यो,“ पोखरेलले भने, “तर यस्तो प्रवृत्तिले लोकतान्त्रिक मूल्य मान्यतालाई खण्डित गर्दछ।”

पोखरेलका अनुसार, एमालेको सदस्यता नवीकरण नहुँदा भण्डारी घरमै बस्ने पार्टीको अपेक्षा छैन । उनले भण्डारी अभिभावक भएकाले समसामयिक राजनीतिक विषयमा चासो र चिन्ता राख्नु अस्वाभाविक नभएको बताए ।

महासचिव पोखरेलले योग्यता पुगेका कुनै पनि महाधिवेशन प्रतिनिधि पार्टी अध्यक्षका रूपमा उम्मेदवार हुन पाउने स्पष्ट पारे । यद्यपि, केन्द्रीय कमिटीले मिसन २०८४ को नेतृत्व केपी ओलीले नै गर्नुपर्ने एकमतले निर्णय गरेको पनि उनले बताए ।


Facebook Comments