Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

जनार्दनलाई प्रचण्डको जवाफ : भिन्न मत राख्न दिएकै छु, योभन्दा बढी के हो जनवाद?

User Image मेयरसाप डेस्क | २०८२ साउन ५ गते १७:२२
Image of https://mayorsap.com/storage/photos/10/HRB_KTM-1000206584.jpg

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपमहासचिव जनार्दन शर्माको नाम नलिई उनलाई जवाफ फर्काएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७औँ स्मृति दिवसको अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टीभित्र सिँगौरी खेल्न दिएको बताए । 

शर्माले मंगलबार सोही मञ्चबाट कम्युनिस्ट पार्टीभित्र जनवाद कमजोर भएको र केन्द्रीयता हाबी भएको आरोप लगाएका थिए । प्रचण्डले त्यसको प्रत्युत्तर दिँदै भने, “भिन्न मतलाई दमन गर्ने मेरो कमजोरी होइन। मेरो कमजोरी उदार हुनु हो। मैले बादल, किरणलाई कसैलाई पनि पार्टीबाट हटाएको होइन। अहिले केही केही साथीले सिँगौरी खेलेका छन्। मैले पार्टी कमिटी र परामर्श समितिमा आफ्ना मत राख्न दिएकै छु। योभन्दा बढी के हो जनवाद?“

प्रचण्डको यो भनाइले पार्टीभित्रको आन्तरिक असन्तुष्टि र फरक मतलाई सम्बोधन गर्न खोजेको देखिन्छ, तर उनले आफू उदार भएको र जनवादको पर्याप्त अभ्यास भइरहेको तर्क प्रस्तुत गरेका छन् ।


Facebook Comments